IME Life New

उपभोक्तालाई १०‌% भ्याट फिर्ता गर्ने घोषणा २ वर्षपछि बल्ल कार्यान्वयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत् घोषणा गरेको आम उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता सम्बन्धि नीति आंशिकरुपमा कार्यान्वयनमा आएको छ। राष्ट्र बैंकको पहलमा भाटभटेनी सुपरमार्केटका उपभोक्ताले यो सुविधा प्राप्त गर्न थालेका छन्।

भाटभटेनी सुपर मार्केटमा किनमेल गर्ने ग्राहकले‌ नगदको साटो डेबिट, क्रेडिट वा स्क्यान पे मार्फत भुक्तानी गर्दा आफूले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) रकमको १०‌ प्रतिशत रकम सिधैं बैंक खातामै फिर्ता पाउन थालेका हुन्। नेपाल सरकारले मूल्य अभिवृद्धि कर छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विद्युतिय माध्यमबाट भुक्तानी गर्ने आम उपभोक्तालाई मू.अ.क.को दश प्रतिशत रकम फिर्ता दिने घोषणा गरेको थियो।

Esewa
Crest

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत् विद्युतीय माध्यमबाट हुने वस्तु तथा सेवाको भुक्तानीमा मू.अ.क फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागी नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा वस्तु तथा सेवा खरिदवापत विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धिवापतको रकम फिर्ता गर्ने व्यवस्था मिलाउने विषय समावेश समेत गरेको थियो । मौद्रिक नीति अन्तर्गत भुक्तानी प्रणाली सुदृढीकरण शीर्षकमा बुँदा नम्बर १३५ मा नेपाल सरकारको बजेटमा उल्लेख भए अनुसार वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बिजकमा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा सोझै जम्मा हुने व्यवस्थाको लागि समन्वय गरिनेछ भन्ने उल्लेख छ ।

बिल बिजक बिना वा नक्कली बिल बिजकमार्फत् हुने कारोबार निरुत्साहित गर्नको लागि सरकारले यो सुविधा प्रदान गरेको हो। राष्ट्र बैंकले गत भदौ २९ गते जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिकामा वस्तु तथा सेवाको खरिदमा उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूअक वापतको १० प्रतिशत रकम तत्कालै फिर्ता पाउने गरी बैंक तथा वित्तीय संस्थाले प्रणालीमा सुधार गरी कार्यान्वयन गर्नुपर्नेछ भन्ने उल्लेख गरेको थियो।

यो पनि पढ्नुहोस।

उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता दिने निर्णय दुई वर्षसम्म पनि कार्यान्वयन भएन, प्रणालीको बहानामा आनाकानी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS