IME Life New

सामसुङको ग्यालेक्सी ट्याब ए ११ प्लस सार्वजनिक, यस्तो छ मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसुङले नेपालमा आफ्नो नयाँ ग्यालेक्सी ट्याब ए ११ प्लस  सार्वजनिक गरेको छ । जसले विद्यार्थी, परिवार तथा दैनिक प्रयोगकर्ताका लागि स्मार्ट एआई क्षमता, शक्तिशाली कार्यसम्पादन र प्रिमियम धातुले बनेको आकर्षक डिजाइन प्रदान गर्छ। ११ इन्चको ठूलो पर्दा, डल्बी एट्मस सहितका चारवटा स्पिकर र ४ न्यानोमिटर प्रविधिमा बनेको प्रोसेसरले यस ट्याबलेटलाई मनोरञ्जन, अनलाइन अध्ययन र मल्टिटास्किङका लागि अत्यन्त सबल बनाएको छ।

यसमा गुगल जेमिनी, सर्कल टु सर्च, तात्कालिक पाठ अनुवाद तथा गणित समस्या चरणबद्ध समाधान जस्ता मुख्य एआई सुविधाहरू उपलब्ध छन्, जसले सिकाइ, सिर्जना र दैनन्दिन उपयोगलाई अझ सहज र प्रभावकारी बनाउँछ। सामसुङले ट्याब ए इलाबेन प्लस मा सात पुस्तासम्म सफ्टवेयर अद्यावधिक र सात वर्षका सुरक्षा अद्यावधिक उपलब्ध गराउने घोषणा गरेको छ । जसले यसलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउँछ।

Esewa
Crest

सामसुङ नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणयरत्न स्थापीतका अनुसार यो उपकरणले नेपालमा प्रिमियम उत्पादकता र एआई आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउनेछ। साथै, प्रमुख वित्तीय संस्थासँग सहकार्य गर्दै सामसुङले शून्य व्याज किस्ता सुविधा समेत उपलब्ध गराएको छ, जसले उपभोक्तालाई सजिलै नयाँ ट्याबलेट प्राप्त गर्ने अवसर प्रदान गर्छ।

ग्यालेक्सी ट्याब ए वान अहिले नेपालभरका अधिकृत सामसुङ स्टोर तथा खुद्रा साझेदारहरूमा उपलब्ध छ। ५जी मोडेल ९८ जीबी र २५६ जीबी को मूल्य रु ४७,९९९ र वाई फाइ मोडेल ९६ जीबी र १२८ जीबी को मूल्य रु ३४,९९९ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS