IME Life New

सिद्धार्थ केबलकारका शेयरधनीलाई प्रभु स्टिल्सको आरक्षित शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु स्टिल्स एन्ड हाइड्रोले आफ्नो लगानी रहेको सिद्धार्थ केबलकारका संस्थापक शेयरधनीलाई हाल कायम चुक्तापुँजीको २५० प्रतिशत आरक्षित शेयर आज मंसिर १४ गतेबाट बिक्री खुला गरेको छ।

कम्पनीले यही मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुलाई १ः२.५ प्रतिशत आरक्षित शेयर जारी गरेको हो। अब कम्पनीका शेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न पाउने शेयरधनीका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

शेयरधनीहरुले प्रभु स्टिल्स एन्ड हाइड्रोको नाममा रहेको कुमारी बैंकको तीनकुने शाखास्थित खाता नम्बर २३५०२६८६९९१००००१ मा रकम दाखिला शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नदिने शेयरधनीहरुलाई आरक्षित गरिएको शेयर उपलब्ध नहुने कम्पनीले जनाएको छ।

आरक्षित शेयर खरिदका लागि निवेदन दिँदा शेयरधनी प्रमाणपत्र, व्यक्तिगत प्यान नम्बर, राष्ट्रिय परिचयपत्र र नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS