IME Life New

नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ४९ प्रतिशतले बढ्यो, कम्पनीको खुद नाफमा ७१ प्रतिशतको वृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा कुल बीमाशूल्क आर्जन ४९ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ३८ करोड १९ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५६ करोड ९९ लाख ७४ हजार रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीमा ३० हजार ५९ बीमालेख कायम रहेका थिए । यो आवको सोही अवसधमा कम्पनीमा ७१ हजार ९६ बीमालेख कायम रहेका छन् ।

Crest

यस्तै कम्पनीले यो आवको त्रैमास सम्ममा १७ करोड २३ लाख ४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । १ अर्ब १३ करोड ४५ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड ९३ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले ९ सय २८ दाबीको भुक्तानी गरेको छ । यस्तै कम्पनीले १ हजार ९ सय २३ वटा दाबीको भुक्तानी गरेको छैन् ।

कम्पनीको जगेडा कोष २७ करोड ३६ लाख ८ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो अघिल्लो आवको तुलनामा ७१। २० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS