IME Life New

नेशनल मर्चेन्ट अब नेपाल लाईफ क्यापिटल बन्ने,मंसिर २७ मा बिशेष साधारण सभा डाक्याे, के के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्सको भगिनी संस्थाको रुपमा रहेको नेशनल मर्चेन्ट बैंकर लिमिटेडको नाम नेपाल लाईफ क्यापिटल लिमिटेड राखिने भएको छ। मर्चेन्ट बैंकरको मंसिर २७ गते हुने विशेष साधारण सभाबाट कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित भएसँगै नाम परिवर्तन सम्बन्धमा नियामक निकायमा जानकारी गराएर नयाँ नामबाट कम्पनीले कारोबार शुरु गर्नेछ ।

मर्चेन्ट बैंकरको मंसिर ३ गते सम्पन्न ६९ औं संचालक समिति बैठकले नाम परिवर्तन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्नका लागी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, पाँच सदस्यीय संचालक समितिलाई सात सदस्यीय कायम गर्ने र चुक्ता पूँजीको कम्तीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्ने लगायतको एजेण्डा प्रस्ताव गरेको छ ।

Esewa
Crest

कम्पनीले डिल्लीबजारस्थित मर्चेन्ट बैंकरको सभाहलमा साँझ पाँच बजे विशेष साधारण सभा डाकेको छ । नेपाल लाईफले बहुमत शेयर खरिद गरेर यो मर्चेन्ट बैंकरलाई प्राप्ती गरेको हो ।

बीमा समितीले जारी गरेकाे लगानी सम्बन्धि निर्देशिकाले बीमकहरूलाई लगानी व्यवस्थापन गर्नकाे लागी लगानी व्यवस्थापन कम्पनी स्थापना गर्न इजाजत प्रदान गरेकाे छ । यसै प्रावधान अन्तर्गत एशियन लाइफ इन्याेरेन्सले एशियन क्यापिटल र नेपाल लाइफ इन्स्याेरेन्सले नेपाल लाइफ क्यापिटल स्थापना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS