IME Life New

ओमसतिया गाउँपालिकामा बीमा समिति, क्षति भन्दा कम दावी भुक्तानी भएको बीमितको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समितिले गाउँपालिकाका स्थानीय तहसंग बीमा समिति विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष, हिरा केवट (राहुल) को प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, ६ वडाका वडा अध्यक्ष तथा सदस्यहरु, स्थानिय, कृषक समुहका प्रतिनिधि, शिक्षक, पत्रकार, बीमा अभिकर्ता, नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएसन लुम्बिनी च्यापटरका प्रतिनिधि,  गोविन्द प्रसाद लामिछाने, बीमकका शाखा प्रमुख, बीमकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

समितिका उप निर्देशक लक्ष्मी ढकालको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा समितिका उप निर्देशक निशा घिमिरेले बीमा सम्बन्धी प्रस्तुतिकरण दिएकी थिइन् । सहायक निर्देशक शम्भु प्रसा मिश्रले कार्यक्रमको सञ्चालन गर्नुका साथै कार्यक्रमको उपादेयताका वारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा कोभिड तथा अन्य बीमा दावी भुक्तानी समयमा नभएको हुँदा दावी भुक्तानी सरल तथा सहज ढंगमा गरिनुपर्ने माग उठेको थियो । बाली तथा पशुपंक्षी बीमामा च्याउ खेतिका सम्बन्धमा स्पष्ट व्यवस्था नभएको भन्दै कृषकहरुले गुनासो व्यक्त गरेका थिए । जीवन बीमाको जस्तै कृषि तथा निर्जीवन बीमामा पनि सहज रुपमा घर घरमा बीमाको सेवा प्रदान गरिनुपर्ने माग उठेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले समितिले यस्ता छलफल तथा अन्तर्क्रिया कार्यक्रम समय समयमा गरिदिन बीमा समितिलाई आग्रह गरेका थिए । कार्यक्रममा १०५ जनाको सहभागिता रहेको थियो ।

ओमसतीया गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हिरा केवट राहुलले बीमा कम्पनीहरुबाट दावी भुक्तानी समयमा नभएको तथा क्षति भन्दा कम दावी भुक्तानी गर्ने गरेको गुनासो व्यक्त गरेका छन् । साथै गाउँपालिकाबाट गरिब, बिपन्न र असहाय तथा न्यून आय भएका जनताहरुको लागि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको तथा गाउँपालिका भित्र जन्मिएका बालिकाहरुको बीमा गराउन यस बर्षको  बार्षिक कार्यक्रममा बजेट विनियोजन गरीएता पनि उपयुक्त बीमालेखको अभावमा हाल सहकारी मार्फत बचत योजनामा सहभागी गराइएकोले आगामी दिनमा उपयुक्त बीमालेख बजारमा ल्याउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS