काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ७ दशमलव ५ प्रतिशत नगद लाभांश सहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले २०७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब समेत स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने सोही सुचना उल्लेख गरेको छ ।
उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।