Connect IPS
IME Life

एलआईसी नेपालको बीमा शुल्क आर्जनमा सामान्य सुधार, मुनाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआईसी नेपालको बीमा शुल्क आर्जनमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब तीन करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको मुनाफामा भने ४४ प्रतिशलते घटेको छ । पहिलो त्रैमाशिक अवधिमा कम्पनीले तीन करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको आम्दानीमा उल्लेख सुधार देखिए पनि खर्च बढेको छ । बीमितले बीमालेख धितोमा राखेर प्राप्त हुने व्याज आम्दानीमा गिरावट आएको देखिन्छ ।

Prabhu
Crest

एलआईसीको जीवन बीमा कोषको आकार ८३ अर्ब ४० करोड रुपैयाँ नाघेको छ । उक्त कोषको अधिकाम्स रकम दिर्घकालिन क्षेत्रमा लगानी गरेको देखिन्छ । बीमितले बीमालेख धितोमा राखेर १४ अर्ब भन्दा धेरै कर्जा लिएका छन् ।

कम्पनीको अभिकर्ता कमशन भने घटेको छ । नयाँ भन्दा नविकरण बीमा शुल्कमा बढि ध्यान दिदा कम्पनीको कमिशन घटेको हो । यस अवधिमा अभिकर्ताले ५० करोड १४ लाख रुपैयाँ कमिशन प्रात गरेका छन् । गत वर्षको सोहि अवधिमा यस्तो कमिशन ५४ करोड ३२ लाख रुपैयाँ बुझेका थिए ।

मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी एक रुपैयाँमा खुम्चिएको छ । उल्लखित मुनाफा एक्चुरियल मूल्याङ्कन पछि परिवर्तन हुने भएकाले यसैलाई आधार मानेर विश्लेषण गर्द उचित भने हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS