IME Life New

सर्भेयरको नयाँ रोष्टर बनाउन समितिको निर्देशन, ३५ दिन भित्र सूची दर्ता गर्न नेकोको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई सर्भेयरको नयाँ रोष्टर बनाउन निर्देशन दिए सँगै नेको इन्स्योरेन्स कम्पनीले आवस्यक प्रकृयाँ सुरु गरेको छ । सार्वजनिक सुचना जारी गर्दै नेको इन्स्योरेन्स कम्पनीले ३५ दिन भित्रमा बीमा समितिबाट सर्भेयरको लाइसेन्स लिएका सर्भेयरलाई आवेदन दिन सुचना जारी गरेको छ ।

केहि समय अगाडि बीमा समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी विभाग प्रमुख, दाबी समिति तथा उपसमितिका प्रमुख तथा पदाधिकारीहरुलाई बोलाएर दाबी भुक्तानीको विषयमा छलफल गरेको थियो । सोहि छलफलमा समितिले कम्पनीलाई यदि एउटा सर्भेयर सँग ५ वटा भन्दा धेरै दाबीका फाइल पेण्डिङ छन् भने नयाँ सर्भेका लागि काम नदिन निर्देशन दिएको छ । यदि सर्भेयर छैनन् भने नयाँ रोष्टर आह्वान गर्न समेत निर्देशन दिएको थियो । नेको जस्तै अन्य कम्पनीहरुलाई पनि समितिले यहि तरिकाले निर्देशन दिदै आएको छ ।

Esewa
Crest

यसरी निर्देशन पाउने मध्ये नेकोले पहिलो पटक बीमा सर्भेयरको सूची दर्ता गर्ने प्रकृयाँ अगाडी बढाएको हो । कम्पनीले बीमालेखमा परेका दाबीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्याङ्कन गर्नका लागि बीमा समितिबाट सर्भेयरको इजाजतपत्र प्राप्त गरी इजाजत प्राप्त गरी इजाजत बहाल रहेकाहरुलाई यदि नेको इन्स्योरेन्स कम्पनीमा जोडिन चाहेमा निवेदन पेश गर्न अनुरोध गरेको छ । इन्छुक सर्भेयर व्यक्ति वा संस्थाले निवेदन तथा सर्भेयरको लाइसेन्सको प्रतिलिपि सहित ३५ दिन भित्रमा पेश गर्न आह्वान गरेको छ । यसका साथै सर्भेयरले प्यान नम्बर रहेको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण तथा नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । इन्छुक आवेदकले कार्तिक १८ गतेको मितिको आधारमा ३५ दिन भित्रमा आवेदन दिन सक्ने छन् ।

बीमा समितिमा पछिल्लो समय सर्भेयर लाइसेन्सका लागि १३ सय भन्दा धेरैको आवदेन परेको छ । उनिहरु मध्ये ६०० भन्दा धेरैले आधारभुत तालिम लिएर प्रमाणपत्र समेत बुझिसकेका छन् । अव उनिहरुले बीमा कम्पनीमा निवेदन दिन सक्ने छन् । बीमा कम्पनीको रोष्टरमा परे पछि बीमा कम्पनीहरुले उनिहरुलाई पालो पालै काम दिन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS