IME Life New

किन गर्ने बीमा ? यस्ता छन् फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा भविष्यको सुरक्षाको साथी एवं लगानि पनि हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा बीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । बीमा प्रक्रियामा विमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई विमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ ।

मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय पनि हो । बीमा विमित र बीमका बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।

Esewa
Crest

आज पनि हाम्रो समाजमा बीमा के हो र यसको के महत्व छ ?किन गर्ने बीमा ? बीमा गर्दा के फाईदा हुन्छ ? भन्ने मनसाय बोकेका व्यक्तिहरु पनि पाईन्छन् । उनीहरुमा आजसम्म पनि बीमा सम्बन्धी ज्ञानको अभाव रहेको छ । यस्तो परिस्थितिमा बीमा व्यवसाय फस्टाउन सकेको छैन । बीमा अभिकर्ता सक्रिय नहुनु, बीमित स्वयमं इच्छुक नहुनु, उपयुक्त नीति तथा नियम नहुनु साथै भएको नीति नियमको पनि उचित रुपमा कार्यान्वयन नहुनु जस्ता प्रमुख कारणहरुले गर्दा बीमा क्षेत्रमा सुधार आउन सकेको छैन् भन्दा खासै फरक नर्पला ।

बीमाका विभिन्न प्रकारमध्ये जीवन बीमा एक हो । मानिसको जीवन सँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । विमितको भविष्यमा आईपर्न सक्ने सम्भावित जोखिम विरुद्ध लड्न सक्ने सामर्थ जीवन बीमाले प्रदान गर्दछ । जीवन बीमा गर्दा हुने फाईदाहरु धेरै रहेका छन् ।

भविष्यमा पर्न सक्ने जोखिम लाई सामना गर्न सक्ने क्षमता बीमा कम्पनिले विमितलाई प्रदान गर्दछ । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्ति दुर्घटनामा पर्यो भने उसलाई उपचार खर्चको अभाव हुदैन किनकी त्यो जिम्मेवारी बीमा कम्पनीले वा बिमकले बोकेको हुन्छ । यदि विमितको मृत्यु भई हालेमा उसको परिवारले आर्थिक अभावको समस्यामा अल्झि रहनु पर्दैन । बीमा दाबी वापत विमितको परिवारले विमितको मृत्यु भए पनि उसको परिवारलाई राहत पुग्दछ ।

यदि एउटा सानो बच्चाको आजै बीमा गरेकोमा भोलि उ ठुलो भए पछि उसको भविष्यको लागि आवश्यक खर्चका लागि पनि राहत मिल्दछ । उसको भविष्यको सुरक्षा पनि हुन जान्छ। यसै गरि बीमाका अन्य फाईदाहरु निम्न रहेका छन् 
आर्थिक सुरक्षा
करमा छुट
ऋण सुविधा
परनिभर्रता उन्मूलन
भविष्यको योजनाको निर्माण
बचत गर्न प्रोतसाहन

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS