IME Life New

गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार दिदैं एनआइबिएल एस क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने अवसर ल्याएको छ । सो योजना अन्तर्गत  धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सो को विजेता घोषणा फेसबुक लाइभ  मार्फत गरिने कम्पनीले जनाएको छ ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले आजको  लागी कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १०ः०० बजे देखि अपरान्ह ०५ : ०० बजे सम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको पनि कम्पनीले जनाएको छ।
लगानीको लागि शुभ दिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न एनआइबिएल एस क्यापिटलले अनुरोध गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS