IME Life New

जीवन बीमा भविष्यको साहारा, भोलि किन पर्खने आजै पोलिसी खरिद गर्नु उत्तम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुकुन्द भुसाल । मानव जिवन अनिश्चितता र जोखिमहरुले घेरिएको हुन्छ । अहिले सद्यय भएको मानिसलाई एकछिन पछि के हुन्छ कसैले जानेको हुदैन् । मानिसले आफ्नो र परिवारको सुन्दर भविश्य निर्माणका निम्ति मेहनत गरिरहेको हुन्छ । आफ्नो जीवनको सक्रिय उमेर पछि आउने आश्रित काल र सन्ततीको उज्वल भविश्यका निम्ति सम्पत्ति जोडेर राख्ने  चाहना जो कोहीको हुन्छ । जीवन ब्यबस्थित गर्ने क्रममा आर्थिक ब्यवस्थापन एक महत्वपुर्ण साध्य हो । ब्यक्तिले कति कमाउँछ भन्दा पनि कति जोगाउँछ भन्ने विषय महत्वपुर्ण हुन्छ ।

मानिसको जति आम्दानी हुन्छ त्यसको केही हिस्सा बचत गर्न सकियो भने भोलिको दिनमा भइपरि आउने जोखिमबाट मुक्त हुन सकिन्छ । बचतका विभिन्न तरिकाहरुमध्ये जीवन बीमा पनि एक हो । कुनै बैंक तथा बित्तिय संस्थामा खाता खोली पैसा जम्मा गर्नु र बीमा कम्पनी मार्फत आफ्नो जीवन बीमा गर्नुमा केही तात्विक भिन्नताहरु छन् । बीमा बाहेकका बचत स्वेच्छिक हुन्छन् भने बीमाको बचत बाध्यकारी हुन्छ । अन्य बचतमा बचत रकममा मात्र ब्याज पाईन्छ भने बीमाको बचतमा बिमाशुल्कमै ब्याज अर्थात बोनश प्राप्त हुन्छ । यस्ता थुप्रै कारणले गर्दा जीवन बीमा मार्फतको बचतलाई सर्बोत्तम बचत भन्न सकिन्छ ।

Esewa
Crest

जीवन बीमाले बचत मात्र होईन आर्थिक क्षती बापतको जोखिम पनि बहन गरिरहेको हुन्छ । त्यसकारण यस्तो बचत हो जुन आँफु रहँदा आँफैले र आफ्नो अनुपस्थितीमा आफ्नै प्रिय परिवारजनले थप रकम सहित एकमुष्ट धन प्राप्त गर्दछन् । आफु रहदा र नहरदा परिवारलाई माया र सहारा दिने एक माध्यम पनि हो बीमा ।

कुनै पनि घर परिवारको अभिभावकको अनुपस्थितिमा समेत परिवारका बाँकी सदस्यहरुको जीवनयापन सहज ढंगबाट चल्न सक्ने गरी वित्तीय व्यवस्थापनका लागि जोखिम बहनको एक गतिलो आधार नै जीवन बीमा हो। त्यसकारण बीमा गर्नका लागि भोलि पर्खन हुँदैन मानव जीवनमा आपत विपत बाजा बजाएर आउँदैन भोलि के हुन्छ कसैले देखेको हुँदैन त्यसकारण सबैको लागि बीमा अपरिहार्य छ ।

जीवन बीमा भविश्यमा गर्नुको सट्टा आजै वा अहिल्यै किन गर्ने ? यस्ता छन् कारण

स्वास्थ्य
आज स्वस्थ भएको मानिस भोली रोगी वा घाईते हुन सक्छ । बिरामी र घाईते मानिसको बीमा गर्न मिल्दैन । त्यसकारण बीमा भोलि गर्छु भनेर बस्नुभन्दा आजै तत्कालै बीमा गरी आफु र आफ्नो परिवारको भविष्य सुनिश्चत बनाउनुपर्छ ।

उमेर
उमेर बढ्दै जाँदा बीमा शुल्क पनि बढ्दै जान्छ । भोली भन्दा आज बीमा गर्दा उती नै पैसाले बढी बीमांकको बीमा गर्न सकिन्छ । त्यसकारण बीमा सस्तो हिसाबले पनि उमेर छदै गर्दा उपयुक्त हुन्छ ।

आज बचत भोली खर्च
खर्चसँग टाढा र बचतसँग नजिक रहने मानिस नै जीवनमा सफल भएको देखिन्छ । बीमा खर्च होईन बचत हो तसर्थ आज बचत गरिहाल्ने र भोली खर्च गरौंला भन्ने सोच राख्नु सफलताको आधार हो । बीमा भोलि गर्छु तर आज भएको पैसा केही कामको लागि खर्च गरौ भन्ने सोचले हामीलाई पछि पार्न सक्छ त्यसकारण बीमा भोलि होइन आज नै गर्नुपर्छ ।

बीमा योजनाको अनिश्चितता
कसैलाई आज मन परेको बीमा योजना सधैं नहुन सक्छ । तसर्थ पनि आजै उपयुक्त दिन हो । पछि आएका नयाँ बीमा योजना तपाईको लागि उपयुक्त नहुन सक्छ । त्यसकारण आज मन परेको पोलिसी खरिद गरिहाल्नु उत्तम हुन्छ ।

भविश्यमा महंगो
बीमा योजनामा हुन सक्ने परिमार्जन वा बीमा बजारमा हुने प्रतिष्पर्धाका कारण पनि प्रिमियम परिवर्तन हुन सक्छ । कतिपय योजनाको बीमाशुल्क समयको अन्तरालमा बढेर आएको देखिन्छ । त्यसकारण आज उपयुक्त समय र बीमा शुल्क आफ्नो आम्दानीलाई धान्ने देखिएको अवस्थामा नै बमिा गर्नुपर्दछ ।

प्राथमिकता परिवर्तनको जोखिम
आज भन्दा भोली मानिसको आर्थिक अवस्था थप जटिल भई बीमा प्राथमिकतामा नपर्न सक्छ । बरु आजै बचत सुरु गर्दा भावी दिनमा त्यसलाई प्रयोग गर्न सकिन्छ । आज गरेको बीमा बचत भोलि रिर्टन आउँदा आफ्नो आर्थिक जोखिमको ठुलो भार मेटिन सक्छ ।

निरन्तर बचत
बीमाको बचत बाध्यकारी हुने भएकाले सुरु गरेपछि निरन्तरताको सम्भावना बढी हुन्छ । मानिसमा बचत गर्ने बानीको विकास हुन्छ ।

भुसाल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी नारायाणगढ शाखाका शाखा प्रबन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS