जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र बैंक अफ काठमाण्डू लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फ बाट महाप्रबन्धक एस्.के.टमोट र बैङ्कका तर्फ बाट प्रबन्धक रितेश लामिछानेले हस्ताक्षर गरेका छन् ।
सहमतिसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।