IME Life New

विश्वकै दोस्रो धनाढ्य एलन मस्कको दुई प्रतिशत सम्पत्तिले भोकमरी समाधान गर्न सक्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका छन्।

विश्वका खर्बपतिहरूले एकचोटि आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका छन्।

‘भोकमरीले ग्रस्त विश्वका करिब चार करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि सात खर्ब २१ अर्ब रुपैयाँ चाहिन्छ, यदि हामीले सहयोग गरेनौं भने तिनीहरुको मृत्यु हुन्छ,’ उनले भने।

Esewa
Crest

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कको कुल सम्पत्ति २८९ बिलियन अमेरिकी डलर (तीन सय ४७ खर्ब रुपैयाँ) रहेको ब्लुमवर्गले जनाएको छ। मस्कको यो रकमको केवल २ प्रतिशत रकम दान गर्न बिस्लेले आग्रह गरेका हुन्। दक्षिण अफ्रिकामा जन्मिएका मस्क अमेरिकामा बस्दै आएका छन्।

कोभिड-१९ को महामारी सुरु भएपछि अमेरिकी धनाढ्यहरूको आम्दानी दोब्बर भएको इन्स्टिच्युट फर पोलिसी स्टडिजले उल्लेख गरेको छ। बिस्लेका अनुसार कोभिड-१९ र जलवायु परिवर्तनजस्ता भयानक समस्याले गर्दा धेरैै मुलुकहरू भोकमरीको चपेटामा परेका छन्। योसँग जुध्नका लागि विश्वका खर्बपतिहरूले सहयोग गर्नुपर्ने उनको आग्रह छ।

युद्धग्रस्त अफगानिस्तानको आधा जनसंख्या अर्थात् दुई करोड २८ लाख मानिसले एकदमै गम्भीर भोकमरी समस्या सामना गर्नुपरेको विश्व खाद्य कार्यक्रमले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ। बढ्दो बेरोजगारी र तरलता अभावले गर्दा विभिन्न मुलुकले मानवीय संकटको सामना गरिरहेका छन्। रिपोर्टका अनुसार अफगानिस्तानका पाँच वर्षमुनिका ३२ लाख बालबालिका जोखिममा रहेका छन्। न्युज कारखाना

(एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS