अजोड इन्स्योरेन्स लिमिटेड र बैंक अफ काठमाण्डौं लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फवाट सहायक महाप्रबन्धक अनिल अर्याल र बैंक अफ काठमाण्डौंका तर्फबाट रिसर्च प्रडक्ट डेभलपमेण्ट तथा बजार बिभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पुर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।