IME Life New

माछापुच्छ्रे कृति क्यापिटलको साधारण सभा कात्तिक १० गते, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कात्तिक १० गते हुने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा एम्बेस्सी रेष्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने क्यापिटलले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर तथा ६ दशमलव ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाको कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मर्चेण्ट बैंकिङ एशोसिएशन अफ नेपालको संयोजकत्वमा गरिएको खर्च अनुमोदन गर्ने प्रस्ताव पेश गरी पारित गर्ने जनाएको छ ।

त्यसैगरी सभाले कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड कायम गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS