काठमाडौं । सानिमा म्युचुअल फण्डद्वारा सञ्चिालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश (प्रतिफल) इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएका छन् । दुवै फण्डले असोज १७ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इएकाईधनीलाई बैंक खातामा कर कट्टा गरी आईपीएस मार्फत लाभांश जम्मा गर्ने जनाएको छ ।
सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई करसहित ३३ प्रतिशतका दरले र सानिमा लार्ज क्याप फण्डले कर सहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।
लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज १ गते बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्मका कायम इकाईधनीहरुले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।