Connect IPS
IME Life

कोरोनाले होटल घाटामा गएको भन्दै परेको बीमा दाबी अदालतको आदेशपछि खारेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । कोराना महामारीको कारण होटलको आम्दानी ठप्प भएको कारण दाबी भुक्तानी माग गर्दै आयरल्याण्डको एक चार तारे होटलले दिएको निवेदन अदालतले खारेज गरिदिएको छ | जुरिच इन्स्योरेन्स विरुद्ध आयरल्याण्डको हेडफर्ट आम्र्स होटलले क्षतिपूर्तीको माग गर्नुको साथै बीमा करार सम्झौताको उलंघनको आरोपमा कारवाहीको माग गर्दै अदालतसमक्ष निवेदन पेश गरेको थियो ।

स्थानीय उच्च अदालतले होटल संचालकको मागलाई गलत ठह-याउँदै बीमालेखमा होटल परिसरमा तोडफोड भएको अवस्थामा मात्र क्षतिपूर्ती दिने विषय समेटिएको र महामारीको क्षतिपूर्तीबारे कुनै विषय उल्लेख नभएको भन्दै जुरिच इन्स्योरेन्सको प्रतिउत्तरलाई सही ठह-याएको छ ।

Prabhu
Crest

जुरिच इन्स्योरेन्सले आफ्नो प्रतिउत्तरमा कोभिड लगायत महामारीको कारण व्यापार व्यवसायमा पर्न सक्ने आर्थिक क्षतिको जोखिम बहन गर्ने बीमा योजना रोज्नको लागी होटल संचालकलाई सुझाव दिए पनि अस्वीकार गरेको र तोडफोडसँग सम्बन्धित बीमा करार मात्र गरेको उल्लेख छ । उक्त होटलले सन् २०१९ को अक्टोरमा जुरिच इन्स्योरेन्ससँग बीमा सम्झौता गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS