IME Life
GBIME

एनएमबी सरल बचत फण्ड-इको बाँडफाँड सम्पन्न, आवेदन दिने सबैले पाए

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबी सरल बचत फण्ड-इको बाँडफाँड सम्पन्न भएको छ । आज भएको बाँडफाँडमा आवेदन दिने जति सबैले प्राप्त गरेका हुन् । ९२ हजार ५९४ जनाको योग्य आवेदनबाट ५ करोड ७४ लाख २३ हजार २९० इकाईका लागि आवेदन परेको थियो ।

यस खुलामुखी योजनाले आफ्नो आकारको ४० प्रतिशत मात्रै सार्वजनिक निष्काशन गरेको थियो । पहिलो चरणमा एक अर्ब मध्ये ५५  करोड रुपैयाँको आकार बनाएको छ । आज भएको बाँडफाँडमा १०० देखि ९ हजार इकाईसम्मको आवेदन दिने जति सबैले माग गरे जतिनै प्राप्त गरेका छन् ।

Crest

यो नेपालकै तेस्रो खुलामुखी योजना हो । भदौ १७ गतेदेखि २१ गतेसम्म निष्काशन हुँदा माग भन्दा २.७२ गुणा बढिको आवेदन परेको थियो । फण्डले दश करोड इकाई मध्ये ५५ प्रतिशत प्रथम चरणमा बिक्री गरेको छ । उक्त इकाई मध्ये योजनाको कुल आकारको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबी बैंक तथा एक प्रतिशत योजना व्यवस्थापक एनएमबी क्यापिटलले प्राप्त गरेका छन् । व्यवस्थापक र प्रवर्द्धकलाई सुरक्षित गरेर बाँकी रहेको २ करोड ५० लाख इकाई आज बाँडफाँड गरिएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS