IME Life New

नेपाल सहित दक्षिण एशियाली मुलुकलाई कोरोना भ्याक्सिनको लागि युरोपेली बैंकले ८९ अर्ब रुपैयाँ दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। युरोपियन इन्भेष्टमेन्ट बैंकले दक्षिण एशियाली पाँच मुलुक सहितको लागि स्वास्थ्य, शिक्षा र कोरोना खोपको लागि ८९ अर्ब रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने भएको छ।
यस कार्यक्रमको लागि ६४ करोड ७० लाख युरो अर्थात ८९ अर्ब २८ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
बैंकको संचालक समितिले दक्षिण एशियाली मुलुक बंगलादेश, भुटान, नेपाल, श्रीलंका र माल्दिभ्सको साथै अर्जेन्टिनामा कोरोना खोपको विकास र खरिदको लागि वित्तीय सहयोग गर्न रकम विनियोजन गरेको हो।
त्यसैगरी युरोपेली मुलुक नेदरल्याण्डमा अपाङ्गता भएका बिरामीको दीर्घकालीन हेरचाहको बिस्तार, प्राथमिक र माध्यमिक विद्यालयहरुमा सूचना प्रविधिमा आधारित शिक्षाको लागि पूर्वाधार र क्रोएशियामा वैज्ञानिक अनुसन्धानको लागि आर्थिक सहयोग गर्ने निर्णय संचालक समितिले गरेको छ।
बैंक संचालक समितिले युरोपेली संघको सदस्य राष्ट्र बाहेकका मुलुकमा गरिने विकास अनुदान र परियोजनाहरुको अनुगमन र कार्यान्वयन गर्न बैंक अन्तर्गत बेग्लै विकास विभाग स्थापना गर्ने प्रस्तावलाई समेत स्वीकृत गरेको छ।
गत जुनमा मन्त्री परिषद्ले युरोपेली संघको विकास अभियानमा अझ प्रभावकारी रुपमा योगदान गर्न सुझाव दिएपछि बैंकले कूल ६ खर्ब ६२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS