काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्सड् फण्ड २ र नबिल इक्वीटी फण्डले प्रतिफल वितरण प्रयोजनका लागि असोज ११ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्सड् फण्ड २ ले कर समेत गरी ३५ प्रतिशत र नबिल इक्वीटी फण्डले कर समेत गरी ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।