Connect IPS
IME Life

साइबर सुरक्षाको लागी व्यक्तिगत बीमालेख जारी गर्न निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । कोरोना महामारीसँगै सूचना प्रविधिको बढ्दो विकासलाई लक्षित गर्दै साइबर हमलाकारीहरुले महत्वपुर्ण सूचनामा नियन्त्रण स्थापित गर्ने घटनाहरु विश्वभर एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।

भारतमा समेत साइबर हमलाको घटना उकालो लाग्न थालेपछि बीमा क्षेत्रको निकामक निकाय इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी अफ इण्डिया (आइडिआरएआई) ले निर्जीवन बीमा कम्पनीहरुलाई चाँडै व्यक्तिगत साइबर सुरक्षा बीमालेख जारी गर्न निर्देशन दिएको छ ।
संस्थागत ग्राहकहरुको लागी साइबर सुरक्षा बीमा सुविधा प्रदान गर्दै आएपनि बीमकहरुले व्यक्तिगत रुपमा यस्तो सुविधा अझै पूणर्रुपमा उपलब्ध गराई नसकेको हुँदा आवश्यक्ता अनुसारको बीमा योजना विकसित गरेर बीमा सेवा तत्काल शुरु गर्न नियामक निकायले निर्देशन दिएको हो ।

Prabhu
Crest

आइडिआरएआईले पाँच हजार रुपैयाँसम्मको बीमा दाबीको लागी प्राथमिक सूचना प्रतिवेदन(एफआइआर) बाध्यकारी नबनाउन र राष्ट्रिय साइबर अपराध जानकारी इकाईको वेभसाइटमा सूचना दर्ता गरेको आधारमा भुक्तानी दिन निर्देशन दिएको छ ।

व्यक्तिहरुको लागी साइबर बीमाको आवश्यकतालाई ध्यानमा राखी, नियामकले साइबर बीमाको लागी आफ्नो मार्गदर्शन कागजातमा केही प्रमुख विशेषताहरु, जोखिम र सुझावहरुलाई समेटेको छ । तर उसले व्यक्तिगत साइबर बीमालेखमा हुनुपर्ने शब्दावलीहरु हुबहु सबै बीमकको एकै हुनुपर्ने बाध्यकारी गरेको छैन । आइडिआरएआइले गठन गरेको कार्य दलले साइबर सुरक्षा बीमा जटिल र परिवर्तनशील विषय भएकोले यसबारले नियामक निकायले बीमकलाई निर्देशित गर्नुभन्दा बीमकले ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै उपयुक्त बीमालेख तयार पार्ने र बिक्री गर्नु उचित हुने सुझाव दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS