IME Life New

मिराई लाईफमा कोरोना बीमा दाबी गर्ने बढे, २० जनाले पाए सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  जापानमा नेपाली तथा विदेशीहरूका लागि संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले २० जना नेपालीहरूलाई कोरोना सुविधा भुक्तानी गरेको छ।

मिराई लाईफ ईन्स्योरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरू तथा विदेशीहरूमा बढदो कोरोना संक्रमणमा परेकाहरूलाई सुविधा भुक्तानी गरेको हो। गत अगष्ट महिनामा मात्र २० जनालाई कोरोना संक्रमण सहयोग रकम सुविधा भुक्तानी गरेको मिराई लाईफ ईन्सोरेन्स जापानका निर्देशक कमल अधिकारीले जानकारी दिए ।

Esewa
Crest

प्रतिव्यक्ति करिव ७० हजार येन देखी दुई लाख येनसम्म दाबी भुक्तानी गरिएको निर्देशक अधिकारीले जानकारी दिए । अगष्ट महिनामा मात्र मिराई लाईफले २४ लाख २० हजार येन रकम सुविधा वापत भुक्तानी गरेको हो। आठ जनाले बेसीक तर्फ ७ लाख ४० हजार तथा १२ जनाले प्रिमियम सुविधा १६ लाख ८० हजार येन रकम भुक्तानी भुक्तानी गरेको हो। करिव एक वर्षयता जापानमा नेपाली तथा विदेशीहरूका लागि स्वास्थ्य तथा जीवन बीमा सेवा सुरू भएयता करिब ३५ लाख येन रकम दाबी भुक्तानी गरेको जनाईएको छ।

हालसम्म बीमा सुविधा दावी गर्नेहरूमा ८० प्रतिशत कोरोना संक्रमितहरू छन। भने बाँकी अस्पताल भर्ना भएका तथा अप्रेशन गरेकाहरू छन। यता सेप्टेम्वर महिना लागेसंगै करिव ९ जनाले कोरोना संक्रमण भएको जानकारी गराउदै बीमा सुविधाका लागि दाबी गर्ने तयारी गरेका छन।
मिराई लाईफ ईन्स्योरेन्सले जापानमा सबैभन्दा धेरै खर्चहुने स्वास्थ्य जोखिम जस्तै अस्पताल भर्ना हुदा दैनिक दश हजार(एक मान) येन, कुनैपनि अप्रेसनको ६० हजार (६ मान) येन तथा अस्पतालबाट डिस्चार्ज पछि २० हजार (२ मान) येन सुविधा प्रदान गर्ने गरेको छ। यस्तै मृत्यु हुदॅा २० लाख (२००मान) येन परिवारलाई प्रदान गर्ने सुविधा राखेको छ। यस्तै कोरोना संक्रमितहरूका लागि पनि अस्पतालमा भर्ना भए सरहको सुविधा प्रदान गर्ने गरेको छ।

‘जापानमा कसैको नाममा ‘चन्दा’रकम संकलन गर्नुपर्दैन अभियान’
यसैबीच मिराई लाईफ ईन्स्योरेन्सले जापानमा रहने कसैको नाममा चन्दा उठाउनु नपर्ने सुविधा ल्याएको दावी गरेको छ। लामो समय अस्पताल भर्ना हुनुपर्दा तथा मृत्यु हॅुदा जापानमा चन्दा रकम संकलन गरेर सहयोग गर्ने परिपाटी अन्त्य गर्ने योजना अनुरूप ‘अब तपाईको नाममा चन्दा रकम संकलन गर्नु पर्दैन अभियान’ सुरू गर्न लागेको छ।

मिराई लाईफ ईन्स्योरेन्सका व्यवस्थापक ऋद्दी बहादुर तुम्बाहाङफेका अनुसार जापानवासी नेपालीहरूमा मृत्युबरण गर्दा आर्थिक बीमा सुविधा पाइने बीमा तथा काेराेना जस्ता महामारीकाे समयमा पाइने सुविधा सहितकाे बीमा गर्न अपिल गरेका छाै। विभिन्न माध्यमहरू मार्फत जापानवासी नेपाली तथा अन्य विदेशीहरूका लागि साे सुविधा उपलब्ध रहेकाे  जानकारी दिए ।

मिराइ लाइफकाे बीमामा आवद्द हुन मिराइ लाइफकाे माेवाइल एप्लिकेशन डाउन लाेड गरेर आवद्द हुन सकिने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS