काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज १० बजेसम्ममा ५२ करोड २२ लाख २४ हजार बराबरको आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज १० बजेसम्ममा ८८ हजार ७ सय ६४ जना आवेदकबाट ५ करोड २२ लाख २४ हजार ७३० इकाईका लागि आवेदन गरेको हो ।
एनएमबि क्यापिटलले गत भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्काशन तथा विक्री खुला गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्ने क्यापिटलले जनाएको छ ।
कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरिएको हो ।
उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवामा बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।