IME Life
GBIME

नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौ २५ गतेदेखि १० करोड इकाई निष्काशन गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले भदौ २५ गतेदेखि नबिल ब्यालेन्सड् फण्ड ३ निष्काशन गर्ने भएको छ । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।

कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरिएको छ ।

Crest

बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको योजनाले जनाएको छ ।

योजनाको इकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा असोज ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

उक्त इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा सोवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS