काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । यस अवधिमा योजनाको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको हो । योजनाको एनएभी असार मसान्त सम्ममा १८ रुपैयाँ ९६ पैसा रहेकोमा साउन मसान्तमा वृद्धि भएर २० रुपैयाँ ४२ कायम भएको छ ।
यस योजनाको एनएभीसँगै नाफामा पनि वृद्धि भएको छ । योजनाले असार मसान्तसम्ममा १ अर्ब ६ करोड ९१ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो । साउन मसान्तमा उक्त नाफा वृद्धि भएर १८ करोड २८ लाख २९ हजार रुपैयाँ रहेको छ ।
यस योजनाले साउन मसान्त सम्ममा सूचीकृत शेयरमा १ अर्ब ७४ करोड २२ लाख १९ हजार लगानी गरेको छ ।