काठमाडौं । कुमारी इक्वीटी फण्डको ५ प्रतिशत प्रतिफल इकाईधनीहरुमा वितरण भएको छ । कुमाारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल वितरण गरेको एक सुचना प्रकाशित गर्दै जनाएको छ ।
यस योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै उक्त नगद लाभांश भदौ १ गतेदेखि जम्मा गरेको बताएको छ ।
हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र गराई प्रतिफल प्राप्त गर्न समेत फण्डले आग्रह गरेको छ ।