काठमाडौं । एनएमबि बैंक कोष प्रबद्र्धक तथा यस कम्पनी योजना व्यस्थापक भई संचालनमा रहेको दुई योजनाले लाभांश घोषणा गरेका छन् । योजना ब्यबस्थापक एनएमबि क्यापिटलको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।
जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएका छन् ।