IME Life New

छोरीको बीमा गर्दै सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

छोरी हुर्काउन /प्रोत्साहन गर्नका लागी प्रदेश २ को सरकारले बीमा योजना सार्वजनिक गरेको छ । सरकारले उक्त प्रदेशका ८ वटै जिल्लामा यो कार्यक्रम सुरु गर्ने भएको छ । यो योजना अनुसार छोरीहरुको जन्मने वित्तिकै २० बर्षे बीमा योजना प्रदान गरिनेछ । उक्त बीमा योजनाको बिंमाक रकम १ लाख रुपैयाँ रहेको छ ।

प्रदेश २ मा छोरीको शिक्षामा निकै कमजोर रहेकाले त्यसमा सुधार गर्न यो योजना ल्याइएको हो । पहिलो चरणमा यो योजना लागू गर्न नमुना स्थानीय तहको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका, बाराको सुवर्णपुर गाउँपालिका, रौतहटको यमुनामाई नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकालाई छनोट गरिएको छ ।

Esewa
Crest

गरिब, दलित, मुस्लिम तथा विपन्न परिवारमा जन्मेका छोरीहरूका लागि पहिलो चरणमा स्थानीय तहको सिफारिशका आधारमा बीमा गरिने छ ।

सरकारले सार्वजनिक गरेको सय दिने योजनामा नै यो कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख थियो । यसका लागि प्रदेश सरकारले पहिलो चौमासिक बजेटमा ८० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर त्यो बेलामा ९४ प्रतिशत रकम खर्च नै भएन । हाल यो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS