काठमाडौं । नेप्सेमा सिद्धार्थ क्यापिटलद्धारा संचालित २ वटा म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य समायोजन भएको हो ।
सिद्धार्थ इक्विटी फण्डको ३० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य १२ रुपैयाँ ६० पैसा कायम भएको छ । समायोजन अघि प्रति इकाई मूल्य १५ रुपैयाँ ६० पैसा रहेको थियो ।
त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को पनि ३० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य १२ रुपैयाँ ५३ पैसा कायम भएको छ। समायोजन अघि प्रति इकाई मूल्य १५ रुपैयाँ ५३ पैसा रहेको थियो ।