काठमांडौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तय गरेका छन् । लाभांश प्रयोजनका लागि कम्पनीले साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त सक्नेछन् ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।