काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । विजय बहादुर शाहको कार्यकाल यहि साउन ९ गतेदेखि सकिए सँगै पोखरेललाई कामुको जिम्मेवारी दिइएको हो ।
पोखरेल २०७७ भदौमा खुला प्रतिस्पर्धाबाट नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर उनि नेपाल इन्स्योरेन्समा आवद्ध भएका हुन् । उनले नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका ठूला बैंकहरूमा पनि काम गरिसकेका छन् । कम्पनीले तत्काल प्रमुख कार्यकारी अधिकृत नल्याउने भएकाले पोखरेललाई कामुको जिम्मेवारी दिएको हो ।