एजेन्सी । भारतीय अनलाइन बीमा प्लेटफर्म पोलिसी बजारले यसै वर्ष करिव ६५०० करोड भारतीय रुपैयाँ बराबरको आईपीओ निस्काशन गर्दै छ । यो वर्ष स्टार्ट अप्स कम्पनीहरु मध्ये आईपीओ निस्काशन गर्ने पाँचौ कम्पनी हुने छ । कम्पनीले ४ वटा इन्भेस्टमेन्ट बैंकर्सहरु कम्पनीको मुल्याङ्कन गर्न नियुक्त गरेको छ र पोलिसी बजारको ४ देखि ५ बिलियन डलर बराबरको मुल्याङ्कन हुने आकँलन गरिएको छ । कम्पनी व्यवस्थापनले डिसेम्बर २०२१ सम्म आईपीओ बिक्री गर्ने योजना बनाएको छ ।
पोलिसी बजारमा सॉफ्टबैंक ग्रुपको ठूलो लगानी रहेको छ । सन् २००८ मा स्थापना भएको यस कम्पनीले विभिन्न बीमा सुविधा दिदै आएको छ । कम्पनीको वेवसाईटमा वार्षिक १० करोड ग्राहकले प्रवेश गर्ने गरेको र हरेक महिना ४ लाख पोलिसी बिक्री गर्ने गर्दछ । पोलिसी बजार एउटा स्टार्टअप्स कम्पनी हो ।