IME Life New

सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ क्यापिटलले सार्वजनिक निष्काशन तथा विक्री गरेको सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड भएको छ । क्यापिटलले असार १६ गतेदेखि २० गतेसम्म २ करोड इकाई विक्री गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई साउन ७ गते बिहीवार इकाई बाँडफाँड गरिएको हो ।

योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गरेका छन् ।

Esewa
Crest

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको यस इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएका इकाई विक्रेता मार्फत दैनिक खुद सम्पत्ति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनः खरीद तथा विक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर विक्री तथा पुनः खरीद गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS