काठमाडौं । बीमा समितिले ‘बीमकको पुनर्बीमा सम्बन्धी निर्देशिका २०७८’ बनाउने भएको छ । यसका लागि बीमा समितितले बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु सँग छलफल सुरु गरेको छ । समितिले पालै पालो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पुनर्बीमा विभागका प्रमुखहरु सँग छलफल गर्ने भएको छ । समितिले भोलि शुक्रवार दिउसो एक बजे सम्पुर्ण जीवन बीमा कम्पनीहरु सँग भर्चुअल माध्यमबाट छलफल गर्ने भएको छ ।
समितिले पुनर्बीमा सम्बन्धी निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार पारेर सो उपर छलफल गर्ने भएको हो । बीमा कम्पनीहरुले आफुले बहन गर्न नसक्ने जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्नु पर्छ । यसै क्रममा बीमा कम्पनीहरुले पुनर्बीमा गर्दा चाल्नु पर्ने प्रकृयाँगत कुराहरुलाई यस निर्देशिकाले मद्दत गर्ने छ । यस निर्देशिकामा के के विषय राख्नु पर्छ भनेर जीवन तथा निर्जीवन बीमा कम्पनीहरु सँग समितिले छलफल गर्नेछ ।