IME Life New

एलआईसीको आईपिओको लागि भारतको मन्त्रिपरिषदले दियो अनुमति, देशकै ठूलो आईपिओ हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। भारतको केन्द्रीय मन्त्रिपरिषद्ले देशको सबैभन्दा ठूलो बीमा कम्पनी (एलआईसी)को आईपीओ ल्याउन अनुमति दिएको छ । यद्यपि यस आईपीओ कहिले आउने तय भएको छैन । आईपिओ  स्वीकृति पछि अब केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले यस आईपीओको आकार र मूल्यको बारेमा निर्णय लिने छ । अहिले एलआईसीमा भारत सरकारको शत प्रतिशत लगानी रहेको छ।  यस बाहेक, समितिले आईपीओ ल्याउने मिति पनि तय गर्ने छ । यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने छ।

एलआईसीको आईपीओ चालू आर्थिक वर्ष २०२१-२२ अन्त्य सम्ममा आउन सक्छ । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि सुरक्षित हुनेछ। सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानुन संशोधन गरिसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS