Connect IPS
IME Life

ब्राण्डिङ दुनियाका सफल मेघेन्द्र प्रकाश गिरीले नेपाल लाइफ छाडे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्डिङ तथा मिडिया व्यवस्थापन प्रमुख मेघेन्द्र प्रकाशन गिरीले राजिनामा दिएका छन् । कर्पोरेट ब्राण्डिङको दुनियामा सफल गिरी नेपाल लाइफबाट बाहिरिएका हुन् । उनले एक महिना अगाडि दिएको राजिनामालाई कम्पनीले असार २९ गते स्वीकृत गरे सँगै उनि बाहिरिएका हुन् ।

सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् ।

Prabhu
Crest

व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका गिरीले नेपाल लाइफको ब्राण्डिङमा तीन वर्ष तीन महिना भन्दा लामो समय काम गरे । यस भन्दा अगाडि उनले कान्तिपुर टेलिभिजनमा साढे ११ वर्ष विताए ।

नेपाल लाइफबाट बाहिरिए पनि कर्पोरेट क्षेत्रमै रहेर ब्राण्डिङ तथा मिडिया व्यवस्थापन क्षेत्रमै रहने उनले बताए । केहि समय आराम गरेर पुनः यसै क्षेत्रमा काम गर्ने उनको योजना रहेको छ ।

यो पनि पढ्नुहोस 

कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल नाम ‘मेघेन्द्र प्रकाश गिरी’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS