IME Life New

आईपीओ परेकालाई मालामाल बनाउने जीवन विकास लघुवित्तले कति पाउँला ओपनिङ रेञ्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । जीवन विकास लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यदी स्पेसल प्री ओपनिङ सेसनमा अधिकतम मूल्यमा कारोवार भएमा पहिलो दिननै कम्पनीको बजार मूल्य प्रति कित्ता एक हजार पुग्ने सम्भावना देखिन्छ।

जीवन विकास लघुवित्त वित्तिय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर बुधवार बाँडफाँड भएको छ । बुधवार  भएको बाँडफाँडमा २० लाख १८ हजार ३०१ योग्य आवेदक मध्ये भाग्यमानी एक लाख ८४ हजार ८०१ जनाले शेयर प्राप्त गरेका हुन् । उनीहरु मध्ये ५ जनाले ११ कित्ता शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

Esewa
Crest

वित्तीय रुपमा कम्पनी एकदमै बलियो छ।  जगेडा कोषमा आकर्षक रकम संचित हुँदा कम्पनीको प्रति शेयर नेट्वर्थ ३०० माथि  छ भने कम्पनीले आकर्षक मुनाफा आर्जन गर्दा आईपीओ अघिको शेयर संख्यालाई आधार मान्दा प्रति शेयर आम्दानी सय रुपैयाँ भन्दा धेरै छ ।  कम्पनीको वित्तीय अवस्था हेर्दा कम्पनीले दोश्रो बजारमा पनि राम्रो प्रदशन गर्ने देखिन्छ।

हाल कम्पनीको चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रहेको र १९ करोड ७७ लाख ३० हजार बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३२ दशमलव ५० प्रतिशत हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS