IME Life New

चाडपर्वलाई ध्यानमा राख्दै तातोपानी नाका आजबाट ३ दिन खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाडपर्वलाई ध्यानमा राख्दै नेपाल सरकारको आग्रहमा चिनियाँ सरकारले तातोपानी नाका आज कात्तिक १ गतेदेखि ३ दिन खुला रहने भएको छ।

चीनसँग सीमाना जोडिएको तातोपानी नाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आग्रहमा कात्तिक ३ गतेसम्म खुला हुने भएको छ।

Esewa
Crest

मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र तातोपानी नाकाबाट आवतजावतको अनुमति दिइएको हो । चिनियाँ सरकारले नेपाली सरकारको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रुपमा खोल्ने निर्णय गरेको छ।

यो निर्णयले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला सामान आपूर्ति व्यवस्थापनमा सहयोग पुग्नेछ। यसले आमउपभोक्तालाई राहत हुने सरकारको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS