काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाताको नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल र हिमालयन बैंक लिमिटेडका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राही खाताधनीलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
क्यापिटलले डिम्याट खाताधनीलाई आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन अनुरोध गरिएको हो ।
हितग्राहीहरुले असारमसान्त भित्र बैंकको ०१९०७६८३१४००३८ खाता नम्बरमा अथवा ई सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ ।