Connect IPS
IME Life

सिमानाका नेपाली नागरिक अझै पनि भारतीय कम्पनी मार्फत बीमा गराउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय सिमानामा रहेका नेपालीहरुले अझै पनि भारतीय बीमा कम्पनीहरु मार्फत जीवन बीमा गर्ने गरेको पाइएको छ । जनचेतनाको अभावका कारण नेपालीहरुले भारतीय बीमा कम्पनीहरु मार्फत बीमा गर्ने गरेको नियामक निकाय बीमा समितिका निर्देशक दिनेश कुमार लालले जानकारी दिए ।

बीमा समितिले मंगलबार महोत्तरी जिल्लाको मोतिहानी नगरपालिकामा आयोजना गरेको कार्यक्रममा लालले स्थानीयहरुलाई भारितीय बीमा कम्पनी मार्फत बीमा नगर्न सुझाएका छन् । यस क्षेत्रमा अझै पनि नेपाली बीमा कम्पनीहरु तथा कम्पनीका अभिकर्ताहरु नपुग्दा यस्तो अवस्था शिर्जना भएको उनले बताए । नेपाली बीमा कम्पनी यस क्षेत्रमा नपुग्दा भारतीय बीमा कम्पनीहरुका अभिकर्ताले बीमा गराइरहेको पाइएको हो ।

Prabhu
Crest

बीमा समितिले स्थलगत निरिक्षण गर्ने क्रममा अझै पनि भारतीय बीमा कम्पनीहरुले बीमा शुल्क संकलन गरिरहेको पाइएको छ । स्थानीयहरुलाई बीमाको वारेमा जानकारी नहुँदा यस्तो अवस्था शिर्जना भएको लालले जानकारी दिए । मुस्किलले १०/१५ प्रतिशतलाई मात्रै बीमाको जानकारी रहेको उनको विश्लेषण छ ।

बीमाको विषयमा जनचेतना अभिबृद्धका लागि बीमा कम्पनी तथा समितिले स्थानिय भाषामा प्रचार मुलक जानकारीहरु तयार पार्नु पर्ने देखिएको छ । बीमाको विषयमा प्रयाप्त जानकारी नै नगराइ अभिकर्ताले जवजस्ती बीमा गराइदिने र एक दुई वर्षमै सरेण्डर हुने गरेको पाइएको निर्देशक लालले बताए । जीवन बीमाका साथै कृषि बीमाका विषयमा पनि स्थानीयहरु अलमलमा परेको पाइएको छ । बीमा कम्पनीहरु अझै पनि कृषि बीमाका लागि यस क्षेत्रमा नपुगेको समितिले पाएको छ ।

समितिले गत वर्ष स्थानीय भाषामै बोर्डर आसपास क्षेत्रमा सन्देशमुलक जानकारी सहित होडिङ बोर्ड राखिसकेको छ । तर यो पनि प्रायाप्त नभएकोले बीमा सम्बन्धी थप जानकारि दिनका लागि स्थानिय भाषामै जानकारी मुलक सामाग्रीहरु तयार पार्नु पर्ने लालको धारणा छ ।

कार्यक्रमका सहभागिलाई लालले यस विषय प्रति सचेत रहन समेत सुझाएका छन् । अन्तर्क्रियाका क्रममा उठेका विषयलाई स्थानीय तहमा गएका टोलिले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई जानकारी गराउने र आगामी दिनमा समितिले चाल्नु पर्ने कदमका लागि सुझाव दिने छ ।

स्थानिय नियकासँग बीमा समिति, मटिहानी नगरपालिकाले बीमाको पहुँच बढाउन नीति बनाउने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS