काठमाडौं । सिद्धार्थ क्यापिटलको पहिलो खुलामुखी म्युचुल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्री खुला गरेको हो ।
योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ ।
उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।