काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै कम्पनीको शेयर मुल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको ११ प्रतिशत बोनश शेयरको मूल्य समायोजन गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ५४ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । आज यस मूल्यलाई आधार मानेर नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।