IME Life New

एभरेष्ट इन्स्योरेन्सको सिइओमा कमल गौतम दोहोरिने, बीमा समितिबाट स्वीकृति आउन बाँकी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत कमल गौतमको कार्यकाल दोहोरिने भएको छ । कम्पनीको सञ्चालक समितिले गौतमलाई थप एक कार्यकालको लागि नियुक्ती गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय सहित कम्पनीले अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले स्वीकृति दिए पछि उनको कार्यकाल थपिने छ । कम्पनीले गौतमलाई २०७४ असारमा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

Crest

नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर सुरु गरी हिमालयन, एनआईसी एसिया, एनबि, सनराइज बैंक हुँदै इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही गौतमले २६ वर्षको बैंकिङ अनुभव संगालेका छन् । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसीमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हालेका गौतमले एभरेष्टमा आउनका लागि राजिनामा दिएका थिए ।

समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवं व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् । समस्या ग्रस्त अवस्थाबाट गुज्रिएको एभरेष्ट इन्स्योरेन्सलाई पनि गौतमले चार वर्षे कार्यकालमा प्रतिस्पर्धी कम्पनीको रुपमा उभ्याएका छन् । बीमा समितिको पूँजी बृद्धि योजनालाई पुरा गर्न सफल गौतम बीमा क्षेत्रमा पनि दक्ष ठहरिएका छन् । बैंक र बीमा क्षेत्रमा तीन दशकको अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS