Connect IPS
IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । सभा अपरान्ह ४ बजे सम्पन्न भएको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

त्यस्तै, सभाले संचालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७६ /७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७ /७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा पारित भएको छ ।

Prabhu
Crest

त्यसैगरी प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने, संचालकहरुको बैठक भत्ता पुनरावलोकन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS