IME Life New

तराईका चार विद्यालयमा डिशहोमले “डिशहोम उज्वल भविष्य”योजना मार्फत शैक्षिक सामाग्री झोला तथा न्यानो टोपी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेर विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो । नेपालको कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिश होमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाकालागि सहयोग पु¥याउने उदेश्यले “डिशहोम उज्वल भविष्य”कार्यक्रमअन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताएका छन् ।
कार्यक्रम अन्र्तरगत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालयबालमन्दीरकाविपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितकाझोला र न्यानो टोपी वितरण गरिएको छ ।

Esewa
Crest

कार्यक्रम रौतहट जिल्लाको डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यसै योजनाअन्तर्गत डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्चमाध्यमिकविद्यालयकाविपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

शैक्षिक सामाग्री महागढिमाई नगरपालिकाका उपप्रमुख तारादेविका मतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, समाजसेवी, शिक्षकतथा स्थानियको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गर्नुभयो ।यस्तै बारा कैसिम्रौनगढको श्री कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसो वाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको छ ।

कार्यक्रममा विद्यालयव्यवस्थापन समितिकाअध्यक्ष रहमानमियाअन्सारी लगाएतनागरिक समाजकाप्रतिनिधिहरु, सुरक्षानिकायकाप्रतिनिधि, पत्रकार र स्थानियको उपस्थितिमासिम्रोन गढ नगरपालिकाकाउपप्रमुख रिमा देविकुशवाहाले शैक्षिक सामाग्रीवितरण गर्नु भएको थियो ।
डिशहोमले यसै कार्यक्रम अन्तरगत पर्सा जिल्लाको पोखरिया स्थित श्री जिल्ला उचांगल रामदेव माविका विपन्न परिवारतथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ ।
पोखरियाकानगर प्रमुखदिप नारायण रौनियारको उपस्थितिमाशिक्षकमहासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं. ४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण साहालगाएतनागरिक समाजकाअगुवा, समाजसेवी, पत्रकार, सुरक्षानिकायकाप्रतिनिधि र स्थानियको सहभागितामा शैक्षिक सामाग्रीवितरण गरिएको हो ।
डिस हहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजि ककार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्ष ादिने विद्यार्थीहरुकालागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS