IME Life New

बैदेशिक रोजगार बीमा पनि पूलबाट, माघ देखि लागू गर्ने समितिको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बैदेशिक रोजगार बीमालाई पुल मार्फत जारी गर्न बीमा कम्पनीहरुले बीमा समितिलाई सुझाएका छन् । बैदेशिक रोजगार बीमा व्यवसायको बिषयमा अध्ययन गर्न बीमा समितिले गठन गरेको अध्ययन समितिले सामूहिक रुपमा बीमा व्यवसाय सञ्चालन गर्न समितिलाई सुझाएका हुन् ।

बैदेशिक रोजगार बीमा नक्कली बीमा जारी हुने क्रम बढेपछि समितिले अध्ययन समिति गठन गरेको थियो । जसमा प्राईम लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भटट्राई, सिटिजन्स लाईफ इन्स्योरेन्सका प्रमु कार्यकारी अधिकृत पोषक राज पौडेल, युनियन लाईफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत रहेका थिए ।

Esewa
Crest

जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चार जनाको अध्ययन समितिले बैदेशिक रोजगार बीमा व्यवसायको पूलको व्यवस्थापन तीन वटा कम्पनीले गर्ने बताएका छन् । बार्षिक रुपमा सबै कम्पनीरुले समान रुपमा आम्दानी र खर्चको वितरण गर्ने समेत बताएका छन् । उक्त पूलमा २०७४ साल माघ देखि बैदेशिक रोजगार बीमा गर्दै आएका सबै कम्पनीलाई समेटिन अध्ययन समितिले सुझाएको छ ।

अध्ययन समितिले दिएको सुझाव अनुसार बैदेशिक रोजगार बीमालाई पूल मार्फत जारी गर्ने तयारी गरिएको समितिले बताएको छ । सम्भवत आगामी माघमा पूलको गठन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS