IME Life New

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विराटनगर शाखाद्धारा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बैशाख २७ गते कटहरी गाउँ पालिका वडा नं.०४ मधुरा मोरंग मा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो । उक्त स्थान बस्ने बर्ष ४९ का श्री हेम नारायण साह (बीमा लेख नं.१०३००००००४८४)ले २ बर्ष अघि यस कंपनीमा १५ वर्ष अबधिको लागि ५ लाख रुपैयाँको सन लाइफ सावधिक जीबन बीमा गरेका थिए ।

विरामीका कारण उनको गत फागुन ५ गते घरमै मृत्यु भएको थियो । यस कम्पनीका विराटनगर शाखा प्रमुख बेदकुमार खत्रीको उपस्थितिमा कटहरी गाउँ पालिकाका अध्यक्ष राम कुमार कामत तथा उपाध्यक्ष मंजिता सरदार ज्यूद्वारा मृतक स्वर्गिय हेम नारायण साहकी श्रीमती पुनम कुमारी सोनारलाई पाँच लाख पैतिस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम सिनियर अभिकर्ता राधे कामतद्वारा संचालन भएको थियो । उपस्थित महानुभावद्वारा जीवन बीमाको महत्तो तथा आबस्यकता बारे समेत चचागरिएको थियो ।
कोरोना भाइरस का कारण सिर्जित वर्तमान विषम परिस्थितिमा सामजिक दुरीको प्रयोग गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS