काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि तोलाको २ सय रूपैयाँले नै बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।