काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले महुली लघुवित्तको ५६ हजार २७० हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
महुली लघुवित्तको शेयरको न्यूनतम मूल्य ७८३ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ४४९ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
महुली लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता र नेशनल लाइफ इन्स्योरेन्सको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि दुवै कम्पनीको अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जनाएको छ ।